newskoseli.Com

प्रत्येक घन्टा राजधानीमा १० जनालाई कोरोना : काठमाडौंमा उकालो लाग्दै संक्रमणदर

नेपालमा कोरोनाभाइरस संक्रमणदर तीव्ररुपमा फैलने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । त्यसैगरी, शुक्रबार एकै दिन सबैभन्दा धेरै १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ३६,४५६ पुगेको छ । संक्रमणका दृष्टिले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा दैनिक सरदर २ सय जनाभन्दा बढी संक्रमित थपिने गरेका छन् ।

पछिल्लो एक सातालाई आधार मान्दा काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घन्टामा १० जनामा कोरोना संक्रमण देखिएको खबर प्रशान्त वलीको बाइलाइनमा राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर