newskoseli.Com

७१ पत्रकारमा कोरोना : कहाँका कति ? (विवरणसहित)

अहिलेसम्म देशभर ७१ जना पत्रकारमा कोभिड– १९ (कोरोनाभाइरस) को सङ्क्रमण भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।

‘नेपाल पत्रकार महासङ्घको अभिलेखअनुसार उच्च जोखिमबीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट सङ्क्रमित भएका छन्’– महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । सात प्रदेशमध्ये छ प्रदेशका पत्रकार सङ्क्रमित भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार प्रदेश– १ मा १३ जनामध्ये मोरङका १२ र उदयपुरका १ पत्रकार सङ्क्रमित भएका छन् । त्यस्तै, प्रदेश– २ मा २७ मध्ये पर्सामा १३, बारामा ४, धनुषामा २, सप्तरीमा ३, सर्लाहीमा ३, महोत्तरी १ र रौतहटमा १ पत्रकार सङ्क्रमित भएका छन् ।

सोहीअनुसार बागमती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन्, जसमा काठमाडौंमा ९ र ललितपुरमा २ जना सङ्क्रमित छन् । महासचिव विष्टले दिएको जानकारीअनुसार गण्डकी प्रदेशमा ८ पत्रकार सङ्क्रमित भएका छन्, जसमध्ये नवलपुरका ७ र कास्कीका १ पत्रकार छन् ।

त्यस्तै, प्रदेश– ५ मा ११ जनामध्ये बाँकेमा २, वर्दियामा १, कपिलवस्तुमा ६ र रुपन्देहीमा २ पत्रकार सङ्क्रमित भएका छन् । सोहीअनुसार कर्णाली प्रदेशमा १ पत्रकार सङ्क्रमित भएका छन्, उनी दैलेखका हुन् । सुदूरपश्चिममा भने अहिलेसम्म पत्रकार सङ्क्रमित नरहेको महासङ्घले जनाएको छ ।

सङ्क्रमित पत्रकारमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत छन् । महासङ्घले उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । महामारीकाबीच आफ्नो जिम्मेवारीमा क्रियाशील पत्रकारको महासङ्घले प्रशंसा गरेको र सबै पत्रकारको पीसीआर टेस्ट निःशुल्क गर्नुपर्ने अनि उपचाररत पत्रकारको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर