newskoseli.Com

ताते स्थानीय तह : उपत्यका छिर्ने सबै नाका ठप्प

कोरोनाभाइरसका सङ्क्रमित बढ्दै जाँदा काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । प्रवेश गर्ने सबै नाका व्यवस्थित गर्न उनीहरूले सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।

काठमाडौं उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । निषेधाज्ञाले काठमाडौं उपत्यकामा आवतजावतमा कमी आए पनि सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम स्थानीय ‘सरकार’ ले गरिरहेका छन् । काठमाडौं प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्करापुर नगरपालिकाले सहजीकरण गरिरहेको ती नगरपालिकाले जनाएका छन् ।

कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैं स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाइ गर्दै आएका छन् । केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेर त्यहाँ खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण समेत गरिरहेको खबर नगेन्द्र सापकोटाको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर