newskoseli.Com

राष्ट्रपति रामचन्द्र, प्रधानमन्त्री देउवा र सभापति शशांक !

राजनीतिक दलहरु नेता–कार्यकर्ताले ‘चलाउने’ भन्दा व्यापारीले ‘गलाउने’ अवस्थामा पुगेको कुरा नेकपा विवादका क्रममा राम्रैसँग पटाक्षेप भइसकेको छ । अहिले फेरि देशको सबभन्दा पुरानो ‘लोकतान्त्रिक’ दल नेपाली कांग्रेसभित्र व्यापारीहरु सल्बलाउँदा हलचल मच्चिएको छ ।

धन्न ! कोरोना पोजिटिभ भएर डलर अर्बपति सांसद विनोद चौधरी सेल्फ आइसोलेसनमा गए, नत्र यतिबेलासम्म कांग्रेसको रडाको कोरोना महामारी बिर्साउने तहमा पुगिसकेको हुने थियो । काठमाडौं चर्को निषेधाज्ञामै थियो, सानेपास्थित उनको होटल भिभान्तामा अघिल्लो शुक्रबारदेखि मंगलबारसम्मको ब्रेकफास्ट, डिनर हुँदै लञ्चसम्मका घटनाक्रमले कांग्रेसभित्र तरंग मच्चियो । पाँचमध्येको एक दिन बिहानैदेखि सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक कोइरालाले ब्रेकफास्टदेखि डिनरसम्म भ्याए । यस्तो गठबन्धन थियो– शेरबहादुर र सशांकलाई मिलाउने । सूत्राधार थिइन्– देउवापत्नी आरजु राणा ।

गठबन्धनमा शेरबहादुरको तर्फबाट लिट्टिल एन्जल्स स्कुलका साहु उमेश श्रेष्ठ, व्यापारी विनोद चौधरी र मकवानपुरे नेता इन्द्र बानियाँ थिए भने सशांकको तर्फबाट डा. मीनेन्द्र रिजाल, दिपक गिरी र दिपक खड्का देखिए । यी छ भाइचाहिँ पाँचमा पाँचै दिन भेला भए । तर, बीचैमा विनोद चौधरीमा कोरोना पोजिटिभ देखिएपछि सबै नेता होम क्वारेन्टाइनमा छन् ।

यो गठबन्धनले गरेको सहमति यस्तो छ– अबको प्रधानमन्त्री शेरबहादुर, राष्ट्रपति रामचन्द्र पौडेल र पार्टी महामन्त्री आरजु राणालाई बनाउने गरी सभापतिमा शशांक कोइरालालाई समर्थन गर्ने । र, रामचन्द्रलाई सभापतिको उम्मेदवार हुनबाट फिर्ता गर्ने काममा सशांक र डा. मीनेन्द्रले पहल गर्ने । तर, विमलेन्द्र निधि र शेखर कोइरालादेखि प्रकाशमान सिंहसम्मलाई त्यहाँ वास्ता गरिएन ।

उनीहरुलाई पनि त्यही सहमतिभित्र ल्याउन सकिने विश्वासका कारण वास्ता नगरिएको सहभागी एक नेताले सुनाए । यसबाहेक अर्जुननरसिंह केसी र कृष्ण सिटौलाका को–को मान्छे यो गठबन्धनमा आउलान् ? तिनका पद व्यवस्थापन कसरी गर्ने भन्नेजस्ता प्राविधिक विषयहरु बुधबारदेखि सल्ट्याउँदै जाने भन्ने कुरा थियो । तर, चौधरीको कोरोनाले सबै कुरा रोकिएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर