newskoseli.Com

सुल्झिएकै हो अब सत्ताधारी नेकपाको झगडा ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटीको पछिल्लो बैठकसँगै समाप्त भएको छ । पार्टीमा कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी कामलगायतका विषयमा सो पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेको दावी गरिएको छ ।

विवादका कारण पार्टी गुट–गुटमा विभाजित भएको थियो । पार्टी नै विभाजनको अवस्थामा समेत पुगिसकेको भन्दै चर्चा चलाइएको थियो तर अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को १५ बुँदे प्रस्तावले उक्त पार्टीभित्र देखिएका सम्पूर्ण समस्या समाधान भएको बताइएको छ । केही बुद्धिजीवीहरूको भनाइमा अब सो पार्टी र सरकारमा नयाँ ऊर्जा प्राप्त हुनेछ र सरकार तथा पार्टी सहज ढंगले अगाडि बढ्नेछन् ।

‘यी कुरामा स्पष्ट भएपछि सरकार र पार्टी आफैं सहज ढङ्गले सञ्चालन हुनेछन्’– राजनीतिक विश्लेषक लालबाबु यादवको भनाइ छ । उनले भने– ‘अध्यक्षद्वयबीच कार्यविभाजनमा समस्या हुँदा सरकार र पार्टी दुवै प्रभावित भएका थिए, न राम्रोसँग सरकार सञ्चालन भएको थियो, न त पार्टी नै; तर अब बाँकी सबै समस्याको समाधान हुनेछ ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठको पनि अध्यक्षद्वयको कार्यविभाजन स्पष्ट भएपछि पार्टी तथा सरकार सञ्चालनमा सजिलो भएको र नयाँ ऊर्जा प्राप्त हुने ठम्याइ छ । उनले भने– ‘अध्यक्षद्वयको कार्यविभाजनले पार्टी र सरकार सञ्चालन गर्न सजिलो भएको छ, नत्र मुख्य समस्या नै त्यसैमा थियो ।’ तर, अध्यक्षद्वयको कार्यविभाजन बाहेक पार्टीभित्रका अन्य समस्या यथावत् रहेको उनको बुुझाइ छ ।

स्थायी कमिटीको निर्णयअनुसार नेकपाका अध्यक्ष ओलीले वर्तमान प्रतिनिधिसभा रहेसम्म प्रधानमन्त्रीका रूपमा सरकार सञ्चालन गर्नेछ भने अर्का अध्यक्ष प्रचण्डले कार्यकारीका रूपमा पार्टी सञ्चालन गर्ने खबर सुरेशकुमार यादवको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर