newskoseli.Com

सकियो कार्यकाल : के भन्छन् कुलमान घिसिङ ?

‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ…’– चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आम नेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यसो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समयदेखिको दैनिक १८ घन्टासम्मको लोडसेडिङ पूर्णतः हट्यो ।

नेपाल विद्युत् प्राधिकरणमा आएका त्यसबेलाका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार कटौती (लोडसेडिङ) अन्त्य हुुुन्छ भनिरहँदा लोडसेडिङ तालिका खल्तीमा बोकेर गच्छेअनुसार दियालो, मैनबत्ती, मट्टितेल, इन्भर्टर र जेनरेटरमा अभ्यस्त नेपालीलाई सितिमिति उक्त कुरा साँचो नै लागेन । कतिसम्म भने, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी पनि लोडसेडिङ त ‘मुलुकको नियति’ नै भएको विश्वास गर्थे । तर, उज्यालो नेपाल सम्भव भयो, लोडसेडिङ हट्यो, कुलमान घिसिङ ‘सेलिब्रेटी’ बने ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री जनार्दन शर्माले ऋणको भार र खस्केको साखका बीच प्राधिकरणभित्रैबाट क्षमतावान् व्यक्ति खोजेर घिसिङलाई कार्यकारी निर्देशक बनाए । त्यो नियुक्ति प्राधिकरणको अवनतिलाई उन्नतिमा रूपान्तरण गर्ने योजनाको सुरुआत थियो । त्यसका लागि समग्र सरकार र नेपाली जनताको पूर्ण समर्थन रह्यो । सातौं तहको इन्जिनियरका रूपमा प्राधिकरणको सेवामा प्रवेश गरेका घिसिङ कार्यकारी निर्देशकको भूमिका सफल बनाउँदै आइतबारबाट बिदा भए ।

आफ्नो चारवर्षे कार्यकाल सम्पन्न गरेर जाँदै गर्दा उनले भने– ‘संस्थागत सफलता एउटा व्यक्तिले हात पार्ने कुरा होइन; उसको इच्छाशक्ति, माथिको नेतृत्व र सहकार्य गर्ने टिमले सफलता दिलाउने हो; मैले त आफ्नो काम मात्र गरेको हुँ ।’

उज्यालो नेपालका ‘हिरो’ कुलमान घिसिङको कार्यकाल पूरा भएको यो खबर गोपालचन्द्र सुवेदीको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर