newskoseli.Com

प्रधानमन्त्रीकाे फेरि अर्को हावादारी घोषणा : ‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा हुँदै

फाइल तस्बिर

सत्ता प्राप्त भएपछि मात्र होइन, प्राप्त गर्ने तर्खरमा लाग्दा नै अनेकौं अपत्यारिला, हावादारी, अव्यावहारिक एवं राष्ट्र र जनताको जीवनमा कुनै माखो मार्न नसक्ने तर ठूलठूला स्वैरकल्पनाले भरिएका हावादारी प्रपोगाण्डा मच्चाउँदै आएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पछिल्लो पटक फेरि अर्को हावादारी प्रचार थालेका छन् ।

प्रधानमन्त्री ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताउँदै बालबालिकाको हकहित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । उनले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको दावी गरेका छन् ।

बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बालअधिकार संरक्षणमा समर्पित रहेको चर्चा उनले गरेका छन् । यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको चर्चा गर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको दावी उनले गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्– ‘विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुर्खाले कल्पना गरेअनुरूप ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी होऊन्) को गन्तव्यमा पुर्‍याउन सरकार अग्रसर रहेको छ ।’

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङक्षा बालबालिकाको भविष्य भएको चर्चा गर्दै उनले भने– ‘यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ ।’

सुन्दा राम्रा लाग्ने, कतिपय न्यून चेतनास्तरका नागरिकले सुरूसुरूमा पत्याइ पनि हाल्ने तर कुनै ठाेस याेजना, तयारी, कार्यकुशलता र गम्भीर साेचविचारविना अनेकौं हावादारी प्रचार गर्दै आएका प्रधानमन्त्री ओलीको पछिल्लो र फेरि अर्को हावादारी प्रचारसम्बन्धी यो खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर