newskoseli.Com

बन्चरो प्रहार गरी छोराद्वारा आमाको हत्या

कमल गाउँपालिका– ७, झापास्थित ठूलो बारघरेका एक छोराले बन्चरो प्रहार गरी आमाको हत्या गरेका छ्न् । इलाका प्रहरी कार्यालय दमकका अनुसार अन्दाजी २० बर्षीय दिनेश ऋषिदेवले ४५ वर्षीया आफ्नै आमा रिना ऋषिदेबको हत्या गरेका हुन् ।

आमासँग विवाद भएपछि मदिरा सेवन गरेर आएका दिनेशले बञ्चरो प्रहार गर्दा घटनास्थलमै आमाको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताएका छन् । घरायसी विवादमा आइतबार राति करिव ८ बजे सो घटना भएको हो ।

हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर