newskoseli.Com

‘मूर्खदेखि दैव डरा भनेजस्तै भएँ’ : माधव–झलनाथलाई प्रचण्डको ब्रिफिङ

बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्त्वबीचको तीव्र अन्तर्विरोध अनि शीर्ष नेताको सम्झौताले देशले व्यहोर्नै लागेको अनिष्टबाट मुक्ति पाएको भर्खरै खुलासा भएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीले के–के र कस्ता भित्री सम्झौता गरे भन्ने कुराको घुनपुत्लो केलाउने क्रममा यस्तो कुराको खुलासा भएको हो । शंका थियो– झलनाथ र माधवलाई धोका दिएर प्रचण्डले केपीसँग एक्लाएक्लै लेनदेनका कुरा गरे । होइन भने किन एकाएक प्रधानमन्त्री हटाउने सहमतिबाट पछि हटे त श्र यी प्रश्नसाथ करिव आधा दर्जन नेकपाका नेताबीच चलेको गम्भीर छलफलका क्रममा प्रचण्डले सुनाएको प्रसंग हो यो ।

जतिबेला पार्टीको ९ सदस्यीय सचिवालयभित्र प्रधानमन्त्रीबाट खड्ग ओलीले राजीनामा दिनु पर्दैन भन्नेमा ईश्वर पोखरेल मात्र थिए, संसदीय दल, स्थायी र केन्द्रीय कमिटीमा पनि त्यही गणित निस्कियो– यस्तो स्थितिमा प्रधानमन्त्री ‘ना रहे बाँस, ना बजे बाँसुरी’ को रणनीतिसाथ अग्रसर भइसकेको एउटा प्रसङ्ग प्रचण्डले सुनाए । अर्थात्, कानुन, संविधान र परिस्थिति भाँडमै जाओस् तर संसद भंग गर्दै संकटकाल लागू गरेर अगाडि बढ्ने ।

यो काम गरिहाल्नुपर्छ भन्नेमा कर्ण थापा, महेश बस्नेत, गोकुल बाँस्कोटाजस्ता भित्रियाहरूको अचम्मको उक्साहट थियो । कर्णले त भाषण नै गरेका थिए– ‘बरु मुलुक भाँडमा जाओस्, तर कुनै हालतमा केपी हट्दैनन् ।’ तर, यो सुल्टो बाटो हुँदैन, देशकै लागि उल्टो र आत्मघाती हुन्छ भन्नेमा थिए– शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङहरू ।

यस्तो सूचना सबैतिर दिँदै कुरा गर्ने अवस्था पनि थिएन । त्यसमाथि माधव–झलनाथलाई पुस्तैनी दुश्मन झैं ठान्ने प्रवृत्ति छ । त्यसैले शंकर, प्रदीप, विष्णु, पृथ्वीमध्येका नेताले प्रचण्डलाई सबै कुराको बेलिविस्तार लगाए । उक्त छलफलका क्रममा प्रचण्डले भने– ‘मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा म पुगें । त्यो काम रोक्नका निम्ति भए पनि अलिकति पछाडि हट्नु परेको हो, माधव–झलनाथजीहरू तर्सिनु पर्दैन । तपाईंहरू नहुँदा म के हुन्छु भन्ने पनि बुझिसकेको छु । यसकारण मबाट जानाजान धोका हुन्छ भन्ने त कल्पना पनि नगर्नोस् ।’

खड्ग ओली दृष्टिकोणविहीन नेता भएको र हावादारी मानिसहरूको हुल जम्मा पारेर उनीहरूकै उक्साहटमा चल्ने शैलीबाट आफू आजित भएको भन्दै माधव नेपालसँग शान्ति प्रक्रियाको प्रारम्भकालदेखि काम गरेको स्मरण पनि प्रचण्डले गरेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर