newskoseli.Com

अहिलेसम्मकै उच्च विन्दुमा कोरोना : पैसाबाट पनि सर्ने चिकित्सककाे चेतावनी

नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ । बिहीबार एकै दिन १ हजार ९ सय ११ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा ६ सय २८ महिला र १ हजार २ सय ८३ जना पुरुष छन् । थपिएका यी सहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन् ।

संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन् । त्यसमा काठमाडौंमा जिल्लामा मात्र ८ सय १७ जना छन् । उपत्यका बाहिरका मुख्य सहरहरुमा पनि फैलने क्रम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुर्खेत, मोरङ, नवलपरासी, चितवनलगायतका जिल्लामा संक्रमणदर बढ्दो छ । कूल संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ पुगेको छ । यो हिसाबले कूल संक्रमितको ७२.९ प्रतिशत मात्र निको भएका छन् ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ । तीमध्ये ११ हजार ६९ जना होम आइसोलेसन र १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेसनमा छन् । जटिल समस्या भएका २ सय जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गत २४ घन्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ भने कूल परीक्षण संख्या १० लाख ३३ हजार ९ सय ४७ पुगेको छ । दैनिक कोरोना संक्रमण र मृत्युदर वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम स्थानका हरेक नागरिकले पूर्ण सुरक्षा मापदण्ड पालना गरी आफू र घरमा रहेका दीर्घरोगी, वृद्ध–वृद्धालाई संक्रमणबाट बचाउन अनुरोध गरेको छ ।

पछिल्लो चरणमा बढी मात्रामा संक्रमण हुनेमा समूहमा बस्ने, समूहमा काम गर्ने, बैंक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक तरकारी बजारमा आवात–जावात गर्नेहरू रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘यी ठाउँमा काम गर्नेले सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नुहोला’– उनले भने ।

पैसाबाट सर्छ कोरोना

कोरोनाभाइरस मानिसको शरीरभित्र बाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकाले पैसा चलाएपछि साबुन–पानीले हात धुने या राम्रोसित स्यानिटाइजरको प्रयोग गर्न सुझाएको खबर पवित्रा सुनारको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर