newskoseli.Com

दसैंमा घर गए फर्कन नपाइने, कोरोना संक्रमित ३ लाख नाघ्ने !

कोरोनाभाइरसका संक्रमितको संख्या ३ लाख नाघ्ने आँकलन सरकारले गरेको छ । दसैंमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ ।

‘अवस्था बिग्रिए बढीमा ३ लाख २० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं,’ मन्त्रालय स्रोतले भन्यो– ‘अवस्था सामान्य हुँदा पनि १ लाख ८० हजार नाघ्छ ।’ अधिकतम संख्या कहिले पुग्छ भन्ने मन्त्रालयले खुलाएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ लाख १७ हजार ९ सय ९६ जनामा कोरोना पुष्टि भइसकेको छ ।

दसैंमा घर जान दिएर उपत्यकामा भीडभाड कम गर्न दिने र फर्कन रोक लगाउनुपर्ने प्रस्तव पनि केहीले राखेका छन् । ‘दसैंमा मान्छे बच्चा डोर्‍याएर भए पनि घर जान्छन्, कर्फ्यु नै लगाए पनि कार्यान्वयन हुन सक्दैन,’ गृह मन्त्रालयका उच्च तहका कर्मचारीले भने– ‘ अब लकडाउन र सिल सम्भव छैन ।’

कोरोना महामारीको सम्भावित स्वरूप र परिणामबारे अन्योलग्रस्त सरकारी अधिकारीका धारणासम्बन्धी यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर