newskoseli.Com

बीजेपी नेताका भाइ नेपालबाट सुन तस्करीमा संलग्न

नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगञ्ज महानगरपालिका– ५, रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले २३ किलो २ सय ५७ ग्राम सुन बरामद गरेको हो ।

तर, प्रहरीले तस्करीमा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन । बरामद सुनको मूल्य करिव १८ करोड रुपैयाँ छ । सुन बरामद भएको फ्ल्याट भारतको रक्सौल, पूर्वीचम्पारणका अशोक सिन्हाको भएकाले त्यो सुन उनकै भएको हुन सक्ने पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् । सिन्हा कहिलेकहीं मात्र नेपाल आउने गरेको उनको भनाइ छ । दराजभित्र राखिएको अवस्थामा सुन बरामद भएको हो ।

सिन्हाको समूहले लामो समयदेखि नेपालबाट भारतमा सुन तस्करी गर्दै आएको प्रहरीको आशंका छ । सिन्हा बिहारका भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ हुन् । वीरगञ्जमा सुन बरामद भएपछि बिहारमा हुन लागेको चुनाव र सुन तस्करीलाई जोडेर भारतीय सञ्चार माध्यमले समाचार सम्प्रेषण गरेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर