newskoseli.Com

अबदेखि २० मिनेटमै कोरोनाको नतिजा : सुरु भयो ‘एन्टिजेन’ विधिबाट परीक्षण

सोमबारदेखि सरकारले ‘एन्टिजेन परीक्षण’ को विधिबाट कोरोनाभाइरस (कोभिड–१९) को परीक्षणमा सुरु गरेको छ । कोरोनाभाइरसको संक्रमण पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले दिएका छन् ।

काठमाडौं उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ । डा. पाण्डेका अनुसार काठमाडौं महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क र बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ ।

सोमबार ५ सय जनाको एन्टिजेन परीक्षण गरिएको जनाउँदै अब कोरोना परीक्षणको रिपोर्ट २० देखि २५ मिनेटमै आउने उनले बताए । एन्टिजेन पनि पीसीआरजस्तै भरपर्दो विधि भएको र घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिने डा. पाण्डेले बताएको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर