विभाजनको डिलमा पुगेको सत्ताधारी नेकपाको सचिवालय बैठक एक घन्टा पर सरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २८ कात्तिकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘लाञ्छनापत्र’ भन्दै त्यसलाई पार्टीका कुनै पनि कमिटीमा छलफलमा ल्याइए आफू त्यसमा सहभागी नहुने र पार्टी फुट्ने दावी गर्दै आएका अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले बुधबारको बैठकमा नबस्ने अड्डी लिँदै आएका छन् ।
ओलीको अराजनीतिक एवं मर्यादाहीन व्यवहारका कारण आफूहरुलाई समेत समस्या परेको भन्दै ओलीनिकट मानिएका महासचिव विष्णुप्रसाद पौडेल र ईश्वर पोखरेल चर्को सकसमा परेका छन् । ओली सहभागी नहुँदा आफूहरु सहभागी भएर बैठकमा छलफल गर्न पनि अप्ठ्यारो पर्ने र आधिकारिक हिसाबले डाकिएको बैठकमा भाग नै नलिन पनि झन् नमिल्ने भएपछि बैठकमा बसेरै प्रतिवाद गर्न ओलीलाई पौडेल र पोखरेलले आग्रह गरिरहेका छन् ।
यही सकसका कारण पौडेलले अध्यक्ष प्रचण्डलाई केही समय बैठक पर सार्न आग्रह गरेकाले १ बजेका लागि निर्धारित बैठकमा भाग लिन बहुमत पक्षका सबै नेता बालुवाटार पुगिसकेर पनि बैठक २ बजेलाई सारिएको बालुवाटार स्रोतले न्युजकोसेलीलाई बतायो ।
याे पनि पढ्नुहाेस्–
के हुन्छ अब नेकपामा ? मंगलबारै सन्तुलन गुमाएका ओली बुधबारको बैठकमा के बस्थे !
ओली बसेनन् बैठकमा : सचिवालय फेरि २० गते बस्ने, स्थायी कमिटी सर्यो २१ गते
प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)
यी सामग्री पनि पढ्नुहोस्–
बहुचर्चित सचिवालयको बैठकमा ओलीलाई प्रचण्डको जवाफ (पूर्णपाठ)
अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
प्रचण्ड–नेपाल पक्षले पार्टीपंक्तिमा बाँडेको दस्तावेज–पुस्तिका (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र