newskoseli.Com

टसमस भएनन् ओली–प्रचण्ड : अन्तर्कलह जहाँको त्यहीं

सत्तारुढ नेकपामा चुलिएको अन्तर्कलह अहिलेसम्म जहाँको त्यहीं छ। विवाद मिलाउन नेताहरूले मेलोमेसो नपाइरहे पनि बालुवाटार र खुमलटारमा भने भेटघाट जारी छन् । दुवै पक्षका नेताहरूबीच ओहोरदोहोर बाक्लिएको छ ।

२५ कात्तिकयता पार्टीका बैठकमा बाहेक दुई अध्यक्षबीचको भेटघाट ठप्प छ । तर, विवाद समाधानको सूत्र खोजी गर्न अरू कतिपय नेताहरूले भने दुवै अध्यक्ष (खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ) लाई घच्घच्याइरहेका छन् । सचिवालयमा एक–अर्काविरुद्ध लिखित प्रस्ताव ल्याएर सिँगौरी खेलिरहेका ओली र प्रचण्डले बिहीबार एकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग ‘अर्थपूर्ण’ रुपले छुट्टाछुट्टै भेटघाट गरेका छन् ।

२० मंसिरसम्म सचिवालय बैठक रोकेर आ–आफ्नो तयारीसहित नेताहरू अनौपचारिक संवादमा जुटेका छन् । तर, अहिलेसम्म दुवै पक्ष टसमस भने देखिएका छैनन् । ओली सचिवालयको बैठकमा समेत जान छाडेका छन् भने प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बहुमत–अल्पमतबाटै पार्टीलाई एउटा प्रक्रियामा अगाडि लैजानुपर्ने बताइरहेका छन् ।

असारमा स्थायी कमिटीको बैठकमा देखापरेको विवाद मिलाउन दोस्रो तहका नेताहरू हस्तक्षेपकारी भूमिकामा थिए । परिणामस्वरूप दुवै अध्यक्षसहित शीर्ष नेता पार्टीभित्रको विवाद मिलाउन कार्यदलमार्फत एउटा ठोस प्रस्ताव बनाउने र त्यसकै आधारमा अगाडि बढ्नेसम्मको समझदारीमा पुगेका थिए ।

तर, यसपटक भने उनीहरूको प्रयास कामयावी हुन सकिरहेको छैन । उनीहरूको दबाब अध्यक्षद्वयले नस्वीकारिरहेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर