newskoseli.Com

खोप ल्याउन सरकारको शून्य तयारी : सुविधामा पाइने मात्र कुर्दै !

विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनीसँग बार्गेनिङ गरेर अग्रिम बैना समेत दिइरहेका बेला नेपालका तर्फबाट भने त्यसका लागि केही पनि पहल हुन सकेको छैन । खोप आफैं किन्ने वा निजी कम्पनीलाई दिने भन्ने निर्णय समेत सरकारले गरेको छैन ।

नेपाल सरकार अहिलेसम्म ‘कोभ्याक्स’ मार्फत आउने खोपको पर्खाइमा मात्र रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख भीमसिंह तिंकरीले बताए । कोभिड– १९ खोपमा सबै मुलुकको समतामूलक पहुँचका लागि ‘गाभी’ ले नेतृत्व गरेको विश्वव्यापी पहल ‘कोभ्याक्स’ अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप सहुलियतमा पाउँदैछ ।

‘कोभ्याक्स’ मार्फत पहिलो चरणमा आगामी मार्चसम्ममा ३ प्रतिशत (९ लाख) मानिसलाई पुग्ने गरी र सन् २०२१ भित्रमा बाँकी १७ प्रतिशत (५१ लाख) का लागि खोप आउने अनुमान छ । ‘हाम्रो आँकलनअनुसार नेपाल सबैभन्दा पहिले ‘कोभ्याक्स’ अन्तर्गतकै खोप आउनेछ’– कोभिड– १९ खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले भने ।

मुलुकका ७२ प्रतिशत मानिसलाई कोभिड खोप दिने योजना बनाएको बाल स्वास्थ्य खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । तर, त्यसअनुसार सरकारको तयारी फितलो छ । नेपालले खोपका लागि हालसम्म कुनै पनि कम्पनीसँग प्रिअर्डर वा सम्झौता नै नगरेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर