newskoseli.Com

कार्यक्रममा जाँदा राजसी ‘सवारी’ : किन डराए प्रधानमन्त्री ओली ?

सत्तारुढ नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री खड्ग ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले समेत उनको भ्रमणका क्रममा ‘उच्च सुरक्षा सतर्कता’ अपनाउन थालेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टी मुख्यालय धुम्बाराही जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिएलगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रमका लागि पनि उनको ‘सवारी’ चलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए । सो कार्यक्रममा जाने क्रममा सुरक्षाकर्मीले सडक खालि नै गराएर ‘सवारी’ चलाए । विगतमा भने प्रधानमन्त्री हिँड्दा यस्तो अभ्यास थिएन ।

सडक नै खालि गराइएपछि के प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ बढेकै हो ? बढेको हो भने कहाँबाट त ? यस्ता प्रश्न उठेका छन् । ‘त्यति कडाइ होइन, आवश्यकता हेरेर केही कडाइ भएको हो,’ नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले भने– ‘हामीले हाम्रो ठाउँमा कमजोरी त हुन दिनु भएन नि !’

प्रधानमन्त्रीको ‘राजसी सवारी’ सम्बन्धी यो खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर