newskoseli.Com

ओली–प्रचण्ड भेटघाट : के छ प्रधानमन्त्रीको ‘अफर’ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कायम लामो समयदेखिको संवादहीनता तोडिएको छ । ओलीले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई बोलाएर आफूसँग सहकार्य गर्न प्रस्ताव राखेका छन् ।

आफूहरू दुईजना मिले सबै समस्या समाधान हुने र अरु नेतालाई मत्हत्व नदिए पनि हुने आशय ओलीले प्रचण्डसँग व्यक्त गरे । पार्टीभित्रको विवाद धेरै लम्ब्याउनु नहुने र एकले अर्कालाई अविश्वास गर्ने तहबाट र्फेर सहमतिको आधार तय गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले प्रचण्डसँग सहकार्यको प्रस्ताव राखे ।

पार्टीभित्र अनेकन समस्या रहेको बताउँदै तत्कालीन एमालेको समग्र पार्टीको संरचनाको अवस्था र नेताहरूको व्यवहारबारे समेत ओलीले प्रचण्डलाई जानकारी गराए । ‘हामी दुईजना मिलेपछि सबै विषय टुंगो लाग्छन्, पार्टी र नेता–कार्यकर्ताको हित पनि यसैमा हुन्छ’ भनेर ओलीले सहकार्यको प्रस्ताव राखे ।

ओलीको प्रस्ताव सुन्दै प्रचण्डले भने मुन्टो मात्रै हल्लाएको, केही नबोलेको स्रोतले बतायो । ‘प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव राख्दा प्रचण्डले हाँसेर मुन्टो मात्रै हल्लाउनुभयो, प्रतिक्रिया दिनुभएन’– स्रोतले भनेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

स्रोतले दिएको जानकारीअनुसार ओलीले वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध अनेकौं बखान सुनाएको र प्रचण्डले तिनको प्रतिवाद गर्दै नेता नेपाललाई आफूले राम्ररी चिनाएको जवाफ दिएको जनाएको छ । नेपालसँगको गठबन्धन तोडेर आफूसँग गठबन्धन गर्न ओलीले प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने कोही–कसैसँग गठबन्धन जोड्ने र फोड्नेतिर नलागी पार्टीका बैठकहरूमा बसेर विधिसम्मत तरिकाले सामूहिकरूपमा समाधान खोज्नुपर्ने तर्क ओलीसँग गरेको र अध्यक्षद्वयबीच कुनै पनि सहमति नजुटेकाे प्रचण्डको सचिवालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर