newskoseli.Com

मुठभेडकै मुडमा ओली–प्रचण्ड : अब ‘वान टु वान’ वार्ता नै नहुने !

फाइल तस्बिर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बुधबार भेट भयो । करिव एक महिनापछि झण्डै डेढ घन्टा चलेको ‘वन टु वन’ छलफलबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूनिटक बाग्मती प्रदेशस्तरीय नेता–कार्यकर्तालाई बिहीबार गरेको ‘ब्रिफिङ’ अनुसार अब दुई अध्यक्षबीच एक्लाएक्लै भेट हुनेछैन ।

‘दुई जना मात्रै गफ गर्न नसक्ने अवस्थामा पुगियो, केही कुरा भन्नु छ भने विश्वासपात्र जो छ, उहाँमार्फत् आउनुहोला, हाम्रो भेट कमिटीका बैठकमा मात्रै हुनेछ,’ प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीका व्यवहारप्रति तिक्तता पोख्दै कार्यकर्तालाई भनेका थिए– ‘ओलीजीको बुहार्तन धेरै भयो, अब पार्टी कमिटीबाटै निर्णय गरेर जाऔं ।’

अध्यक्षद्वय एक्लाएक्लै संवादमा बस्न नसक्ने स्थिति आएपछि पार्टीको भविष्य दोस्रो पुस्ताको काँधमा छ । तर, उनीहरु समेत अध्यक्षद्वयलाई मिलाउन सक्रिय छैनन् । बरु दुवै पक्ष तल्ला कमिटीसम्म आफ्नो कुरा राख्न उद्यत छन् । दुवैतिरका जनवर्गीय संगठन र प्रदेश कमिटीहरुका पनि गोप्य र खुलमखुला भेला भइरहेका छन् ।

यसरी समानान्तर छलफल हुनुका पछाडि अब पार्टीमा बहुमतकै निर्णय हुन्छ र तल्ला कमिटीका आफ्ना निकटस्थलाई मानसिकरुपमा तयार पार्नुपर्छ भन्नेमा उनीहरु पुगेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर