newskoseli.Com

कस्सिएर को–को लागे ‘ओली बचाउन’ ? ‘मध्यमार्गी’ नेताहरूको यस्तो पहल !

सत्तारूढ नेकपाभित्र देखिएको संकट समाधान गर्न ‘दोस्रो तहका युवानेता’ ले पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष खड्ग ओलीले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले अघि सारेको संसदको विशेष अधिवेशन माग गर्ने समावेदनपत्र फिर्ता गराएर पार्टीभित्रको गम्भीर संकट केही दिनलाई रोक्न सफल भएका ‘युवानेता’ ले पार्टी एकता कायम राख्न भन्दै ‘थप सक्रियता’ देखाउन थालेका छन् ।

जसअनुसार ५ पुसमा तय भएको स्थायी कमिटीको बैठकअघि नै आरोप र प्रत्यारोप समेटिएका दुवै अध्यक्षका राजनीतिक प्रस्ताव फिर्ता गराउने गरी ‘दोस्रो तहका नेता’ दौडधूपमा लागेका छन् । प्रधानमन्त्री ओलीले बुधबार कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफलमा अध्यादेश फिर्ता गर्नुपर्ने भए राष्ट्रपति कार्यालयमा पेस गर्न लागिएको समावेदनपत्र र यसअघि प्रचण्डले पेस गरेको ‘अभियोगपत्र’ समेत फिर्ता गर्नुपर्ने जिद्दी गरेका थिए । ओलीको ढिपीमा जवाफ दिँदै प्रचण्डले चाहिँ अहिले तत्कालै अध्यादेश फिर्ता गर्नुपर्ने भन्दै त्यसो गरिए अन्य विषयमा ‘पछि छलफल गर्न सकिने’ बताएका थिए ।

स्रोतका अनुसार ‘दोस्रो तहका नेता’ हरु घनश्याम भुसाल, सुवास नेम्बाङ, शंकर पोखरेल, योगेश भट्टराई, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतका नेताहरू यतिबेला ‘दुवै अध्यक्षका राजनीतिक प्रस्ताव फिर्ता गराउने अभियान’ मा जोडतोडले लागेका छन् । उनीहरूको यस अभियानमा महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ ले पनि पूर्ण सहयोग गरिरहेको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर