newskoseli.Com

‘कोरोनाको दोस्रो लहर निम्त्याउँदै सरकार’ : परीक्षण स्वात्तै घट्यो, मृत्युदर ह्वात्तै बढ्यो

सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा ‘कमी आएको’ देखिए तापनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झनझन् बढ्दै गएको छ । शनिबार मात्र १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

६ महिना यताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जना कोरोना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०.७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०.६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १.०१ प्रतिशत र भक्तपुरको १.१६ प्रतिशत छ । यस्तै, बाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ ।

देशभर कोभिडबाट मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत बाग्मती प्रदेशका छन् । यस्तै, उपत्यकामा ६ सय ९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ भने काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडबाट हुने मृत्युमध्ये २५ प्रतिशत छ ।

पछिल्लो एक महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । परीक्षण बढाउने हो भने संक्रमणदर बढी देखिने विज्ञहरूले बताएका छन् । संक्रमणदरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले महामारीको दोस्रो लहर ल्याउन सघाउने चेतावनी उनीहरूले दिएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर