newskoseli.Com

चिनियाँ टोलीले दियो ३ सन्देश : के–के हुन् ?

नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ ।

सत्तारुढ नेकपा विभाजित भएसँगै राष्ट्रपति सी जिनपिङको निर्देशनमा बेइजिङबाट काठमाडौं उत्रिएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय विशेष टोलीले नेपालमा विकसित राजनीतिक परिस्थितिबारे चिन्ता र चासो प्रकट गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पगेको अवसरमा यहाँका राजनीतिक दलहरुसँग सम्बन्ध मजबुत बनाउन भ्रमण गरेको भनिए पनि शीर्ष नेताहरूसँगका सबै भेटमा नेपालमा विकसित राजनीतिक अस्थितरता र नेकपामा आएको फुटबारे चिनियाँ अधिकारीहरुले बढ्ता जिज्ञासा राखेका थिए ।

चिनियाँ टोलीले नेकपाका दुवै पक्षलाई फाइदा हुने गरी मिलेर अगाडि बढ्न दुवैलाई सुझाव दिएको नेताहरुले बताएका छन् । चिनियाँ टोलीको मुख्य चिन्ता नेपालको राजनीतिमा अस्थिरता सिर्जना हुने र राजनीतिक परिस्थिति कता जाने भन्ने नै देखिएको नेकपाका नेता नारायणकाजी श्रेष्ठले बताएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर