newskoseli.Com

‘चिठी नै अस्वाभाविक र असान्दर्भिक’ : निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको जवाफ

निर्वाचन आयोगले पठाएको हालै आफूहरूलाई पठाएको चिठीलाई नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले ‘अस्वाभाविक र असान्दर्भिक’ भनेको छ । दलमा आधिकारिकताको विवाद नै नरहेको भन्दै त्यसमा मागदाबी गरिरहनु नपर्ने आशयको पत्र उक्त पक्षले मंगलबार आयोगलाई लेखेको छ ।

कुनै पनि पक्षबाट दलको आधिकारिकतालाई लिएर मागदाबी नआएपछि नेकपाको विवाद निरूपणको विषय थप पेचिलो बनेको छ । आयोगले कानुनअनुसार प्रक्रिया पुर्‍याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनू भन्ने आशयको पत्र दाहाल–नेपाल पक्षलाई पठाएको थियो । आयोगले त्यसरी पत्र पठाएको विषय कानुनअनुसार नमिलेकाले त्यो असान्दर्भिक भएको दाहाल–नेपाल पक्षले जनाएको छ ।

उक्त पक्षले आयोगलाई बुझाएको पत्रमा त्यसको जवाफ दिइरहनु नपर्ने व्यहोरा उल्लेख छ । आयोगले शुक्रबार प्रधानमन्त्री खड्ग ओली तथा दाहाल–नेपाल पक्षलाई छुट्टाछुट्टै पत्र पठाएको थियो । दुवैतिर पठाइएका पत्रको व्यहोरा भने फरक थियो । ओली पक्षसँग उसले बुझाएको विवरणका विषयमा स्पष्टता खोजिएको थियो र त्यसका लागि कुनै समयसीमा निर्धारण गरिएको थिएन भने दाहाल–नेपाल पक्षलाई राजनीतिक दलसम्बन्धी दफा ४४ अनुसारको प्रक्रिया पूरा गरेर सात दिनभित्र आधिकारिकता माग दाबी गर्न भनिएको थियो ।

एउटै विवादमा दुई पक्षलाई अलग–अलग प्रकृतिको पत्र लेख्नु नै आयोगको गल्ती भएको दाहाल–नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले बताए । ‘आधिकारिकता दाबी गर्न आऊ भनेर हामीलाई पत्र लेख्नुपर्ने कुनै कारण छैन, हामी आधिकारिक नै छौं, केन्द्रीय कमिटीका बहुमत सदस्यको उपस्थितिमा बैठक गरेर त्यसको निर्णय आयोगलाई जानकारी गराइसकेका छौं,’ उनले भने– ‘आयोगले दलको बहुमत हेर्ने हो । नेकपाको आधिकारिकता विवादसम्बन्धी यो खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर