newskoseli.Com

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत पक्राउ : यसो भन्छन् प्रमोद खरेल

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रतिलिपि अधिकार उल्लंघन मुद्दामा पक्राउ परेकी छन् । विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले गत मंगलबार प्रहरीमा उजुरी गरेका थिए ।

पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए । ‘कम्पनीमा पति सुवास र पत्नी लीना दुवैजना संग्लग्न हुनुहुन्छ, दुवैविरुद्ध जाहेरी दर्ता भएको छ, पक्राउ पुर्जी जारी भएको छ,’ एसएसपी सिंहले भने– ‘सुवास अहिले स्याङ्जामा छन्, अब मुद्दाको मुद्दाको फैसला अदालतले गर्छ ।’

विन्ध्यवासिनीसँग करार सकिएपछि ‘प्रणय’ एल्बम फिर्ता माग्दा नदिएर फेसबुकमा तथानाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक प्रमोद खरेल बताउँछन् । ‘मैले एल्बम बीचबीचमा पनि माग्दै आएको थिएँ तर कहिले समय नमिल्ने, कहिले के नमिल्ने भयो । तर, ७ महिनाअगाडि उहाँलाई भेटेरै एल्बमको सम्झौता सकियो, अब हिसाबकिताब गर्नुपर्‍यो भन्दा उहाँले फेसबुकमा मलाई गिराएर स्टाटस लेख्न थाल्नुभयो,’ खरेलले भने– ‘मिलेर अगाडि जाऊँ भनेर छलफलको धेरै प्रयास गरें, उहाँले एल्बम दिने कुरा गर्नुभएन, फेसबुकमा लगातार गाली गर्नुभयो, त्यसैले बाध्य भएर कानुनी बाटो रोजें ।’

गायक खरेल गीतको सर्वाधिकार आफूसँग रहेको भन्दै ‘प्रणय’ एल्बमको निर्माता नै आफूलाई दाबी गर्छन् । ‘एल्बमको प्रकाशन तथा बिक्री–वितिरणको सम्झौता पाँच वर्षको हो, कम्पनीलाई दिनुपर्ने ४ लाख रकम मैले पाउने रोयल्टीबाट दिएर उहाँको लगानी सुरक्षित गरिसकें, मेरो रोयल्टीबाट कम्पनीले आफ्नो खर्च उठाइसक्यो, यो एल्बमको लगानीकर्ता मै हो’– खरेलले भनेको खबर रीना मोक्तानको बाइलाइनमा इकान्तिपुरले प्रकाशित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर