newskoseli.Com

मोदीले भेट्न किन मानेनन् ज्ञवालीलाई ? सीमाबारे कुरै गर्न किन चाहेन भारतले ?

नेपालले भारतीय पक्षलाई निकै धेरै महत्त्व दिए पनि भारतीय पक्षले भने नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुराको पुष्टि गरेको छ ।

जबकि नेपालमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले सजिलैसँग भेटको अवसर दिएका थिए । कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले नेपाल र भारत दुई छिमेकी मुलुक आकारका हिसाबले साना–ठूला भए पनि समान हैसियत भएको र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले भने त्यसलाई पूरै बेवास्ता गरेको छ ।

नेपाली प्रतिनिधिमण्डलले उठाएका सीमा विवादलगायतका विषयलाई पनि भारतीय पक्षले संयुक्त छलफलको विषय नै बनाएन । जबकि पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनको मुख्य कारण नै सीमा विवाद हो र पछिल्ला भ्रमण एवं संवादले भारतीय पक्ष नेपालसँग सीमा विवादका विषयमा छलफल गर्न तयार हुने अपेक्षा गरिएको थियो ।

प्रधानमन्त्री ओलीले ‘रअ’ प्रमुखलाई बालुवाटारमा स्वागत गरेपछि यस्तो अवस्था आएको नेपाली पूर्वराजदूत दीपकुमार उपाध्याय बताउँछन् । ‘प्रधानमन्त्रीको रअ प्रमुखसँगको भेटले नेपाल एउटा मार्गचित्रमा गइसकेको छ, कूटनीतिमा मर्यादाको अर्थ हुन्छ,’ उनी भन्छन्– ‘नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउँछ भने राजनीतिक र कूटनीतिक हिसाबले किन दुःख गर्ने भन्नेमा भारत गएको देखिन्छ ।’

नेपालप्रति भारतीय हेपाहा व्यवहार यथावत रहेको र ओली सरकारले दुई देशबीच सम्बन्ध सुधारको जतिसुकै ढोल पिटे तापनि भारतीय पक्षले उस्तै व्यवहार कायम राखेको यो खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर