newskoseli.Com

अब विप्लवलाई ‘फकाउने’ ओलीको रणनीति !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएको आउँदो फागुन २८ मा दुई वर्ष पुग्दैछ । ‘प्रतिबन्ध’ यताको अवधिमा सरकार र नेकपा दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै आएका छन् ।

तर, विप्लव नेकपालाई ‘शान्तिपूर्ण राजनीति’ मा ल्याउन न सरकारले देखिने गरी कुनै पहल गरेको छ न त विप्लव नेकपाले नै ‘हिंसात्मक गतिविधि’ त्यागेको छ । दुवै पक्ष वार्ताका लागि तयार भएको दाबी त गर्छन् तर त्यसअनुसार प्रयास भने हुन सकेको छैन ।

अब भने ‘चुनाव’ घोषणा गरेपछि प्रधानमन्त्री खड्ग ओलीले विप्लव नेकपामाथि लागाइएको ‘प्रतिबन्ध’ फुकुवा गर्ने र त्यसका लागि वार्ता गर्न सक्ने गाइँगुइँ चल्न थालेको छ । उच्च सरकारी विश्वस्त सूत्रका अनुसार विप्लव नेकपालाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय छन् । तर, यसलाई पुष्टि गर्न सरकारी अधिकारीहरु औपचारिकरुपमा बोल्न चाहँदैनन् ।

चुनावमा प्रचण्ड–नेपाल पक्षाविरुद्ध प्रयोग गर्न प्रधानमन्त्री ओलीले विप्लव नेकपामाथि लागेको ‘प्रतिबन्ध’ फुकुवा गर्न सक्ने सम्भावना रहेको विप्लवसहितको वाम रणनीतिक मोर्चाबन्दीको सहमति गर्नेमध्येका एक तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ ले औंल्याएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर