newskoseli.Com

नारायणहिटी नै किन रोजे ओलीले ? पञ्चर्‍याली सम्झाउँदै बहुदलयता सरकार पहिलोपटक सडकमा

बहुदल आउनुअघि हुने पञ्चर्‍यालीहरुलाई सम्झाउने गरी कामचलाउ प्रधानमन्त्री खड्ग ओली ‘शक्ति प्रदर्शन’ का लागि आफैं सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । बहुदलपछि यसअघि पनि प्रतिनिधिसभा विघटन नभएको होइन तर निर्णय गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी सर्वोच्चको फैसला नआउँदासम्म ‘शक्ति देखाउन’ सडकमा गएका थिएनन् ।

सत्ता नै सडकमा ओर्लिएर ‘देखाउन’ खोजेको सभाको मञ्च नारायणहिटी दरबार संग्रहालयको छेउमा राखेर ओलीले २३ गते महेन्द्रको सालिकतिर फर्केर भाषण गर्दैछन् ।

संग्राहलय बन्नुअघि निरंकुश भनेर फालिएको राजतन्त्रको अवशेष नारायणहिटीमा नहोला तर दरबारिया र राजतन्त्रलाई माया गर्नेहरुका लागि पुरानो शासन व्यवस्था सम्झाउने ठाउँ भने हो । कामचलाउ प्रधानमन्त्री ओलीले त्यही नारायणहिटीको आँगनलाई नै कार्यक्रमस्थल बनाउनुको कारण के होला ?

धर्मरिपेक्षता र गणतन्त्रको उपलब्धिका विरुद्ध ओलीका पछिल्ला गतिविधिकै सिलसिलास्वरुप उनले उक्त ठाउँ चयन गरेको हुन सक्ने भन्दै त्यसले आफू अचम्ममा परेको नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले बताए । ‘सरकार सडकमा आउने भनेको मरिचमानको पालामा मात्रै थाहा थियो मलाई । उनको मनमा के–कस्तो कुरा छ, ओली आफैं जानून् तर राममन्दिर, पशुपतिदेखि नारायाण्हिटी अघिल्तिरसम्मका कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय हुन्’– पाण्डेले भनेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर