newskoseli.Com

नेकपाको आधिकारिकता विवाद : कानुनी प्रक्रियाबाट टुंगिने दिशामा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले केन्द्रीय समितिको बैठकबाट सोमबार गरेको निर्णयअनुसार अब बल्ल सो पार्टीको आधिकारिकता विवाद चरणबद्ध कानुनी प्रक्रियामा प्रवेश गर्ने अवस्था देखिएको छ ।

राजनीतिकरुपमा विभाजन भए पनि प्रचण्ड र ओली दुवै पक्षले यसअघि आफूहरुले आधिकारिकताको दाबी गर्नु नपर्ने जिकिर निर्वाचन आयोगमा गर्दै आएका थिए । सो जिकिरलाई मध्यनजर गर्दै आयोगले पार्टी कानुनीरुपमा एक रहेको निर्णय गरेको एक सातापछि प्रचण्ड र माधव नेपाल पक्षले केन्द्रीय समितिको बैठकबाटै आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।

सो निर्णयअनुरुप आधिकारिकता दाबी गर्दै निवेदन दिएमा कानुनी प्रक्रियाअनुरुप आधिकारिकता विवाद टुंगिने दिशातर्फ अघि बढ्ने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बताएको खबर सुनील महर्जनको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर