वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलका लागि आह्वान गरिएको प्रदेशसभा बैठक एकलौटीरुपमा अचानक स्थगित गरेर प्रदेश सभामुख सानुकुमार श्रेष्ठले अविश्वास प्रस्तावको प्रक्रिया लम्ब्याउँदै केही दिनका लागि मात्र भए पनि डोरमणिलाई पदमा थमौती गरिराख्ने प्रयास अघि बढाएका छन् ।
अविश्वास प्रस्ताव सदनमा औपचारिकरुपमा प्रदेश गराउन सुरुदेखि नै आनाकानी गरेका सभामुख श्रेष्ठले सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आइतबार राति सूचना टाँसेर फागुन ५ सम्मका लागि स्थगित गरेका थिए । सोमबारको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो ।
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको समूहका मुख्यमन्त्री पौडेलविरुद्ध पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका ४५ सांसद्ले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उपसभामुख, अविश्वास प्रस्तावका प्रस्तावक र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग आन्तरिक छलफल समेत नगरीकनै बैठक स्थगित गरेपछि सभामुख श्रेष्ठको भूमिकाप्रति दलहरुले आक्रोश पोखेका छन् ।
प्रदेशभासलाई सभामुखले बन्धक बनाएको र सरकारबाट प्रभावित भएको आरोप उनीहरुले लगाएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।