newskoseli.Com

नेकपाको असहमतिबीच आचारसंहिताकाे तयारी : ओलीको दबावमा प्रभावित आयोगप्रति सर्वत्र आशंका

फाइल तस्बिरः केहीअघि निर्वाचन आयोगमै पुगेर कानुनविपरीत आयुक्तहरुलाई ‘निर्देशन’ दिँदै प्रधानमन्त्री खड्ग ओली ।

आउँदो वैशाख १७ र २७ मा गर्ने भनिएको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गर्ने तयारी अघि बढाएको छ । आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरिसकेको छ भने त्यसबारे राजनीतिक दलहरुबाट सुझाव लिने प्रक्रिया अघि बढाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

दुई चरणमा गर्ने भनिएको चुनावका लागि निर्वाचन आचारसंहिता, २०७७ को मस्यौदाका विषयमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुबाट सुझाव लिने क्रम आइतबार सुरु गरिएको थियो । आयोगले तयार पारेको आचारसंहिताको मस्यौदामा राजनीतिक दल, उम्मेदवार तथा भ्रातृसंगठनलाई लाग्ने आचारसंहिता तथा उनीहरूले पालना गर्नुपर्ने विषयका बारेमा छलफल भएको थियो ।

आयोगले तयार पारेको मस्यौदामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई लाग्ने, सुरक्षा निकायलाई लाग्ने, संवैधानिक निकायलाई लाग्ने, निजामती कर्मचारीलाई लाग्ने र विभिन्न संघ–संस्थालाई लाग्ने आचारसंहिताका प्रावधानहरु राखिएको छ । सम्बन्धित जिल्लामा कार्यक्रम गर्दा स्थानीय प्रशासनको स्वीकृति लिनुपर्ने, पहाडी क्षेत्रमा बिहान ८ देखि बेलुकी ५ बजेसम्म, अन्य क्षेत्रमा बिहान ८ देखि बेलुकी ७ बजेसम्म चुनाव प्रचार गर्न पाउने, विद्यालयलगायतका स्थलहरूमा कार्यक्रम गर्नु नहुने र सवारी साधन प्रयोग गर्नेलगायतका विषयहरु समेटिएको खबर मंगलबारकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

+++      +++      +++

राजनीतिक दलका नेताहरुको सुझाव लिएर आचारसंहिता छिट्टै जारी गरिने आयोगले जनाएको छ । तर, यतिबेला मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा विभाजित छ । सो पार्टीको दुईतिहाइ हिस्साको नेतृत्व गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले पार्टीको आधिकारिकता र चुनाव चिह्नबारे टुंगो नलगाई चुनावी कार्यक्रम अघि बढाउने आयोगको कामप्रति तीव्र आपत्ति जनाउँदै आएको छ ।

तर, आयोग उक्त पार्टीको एक तिहाइभन्दा कम हिस्साको प्रतिनिधित्व गरेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीको दबावसामु लम्पसार परिरहेको सन्देश सर्वत्र प्रवाहित भैरहँदा त्यस्तो आयोगले कस्तो चुनाव गराउला भनेर सर्वत्र आशंका व्याप्त छ ।

पटक–पटक प्रधानमन्त्री भैसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले निर्वाचन आयोगको आश्चर्यजनक व्यवहारप्रति गहिरो आशंका व्यक्त गरिसकेका छन् । सबैजसो पूर्वनिर्वाचन आयुक्त र पूर्वआयुक्त तथा प्रशासन क्षेत्रका जानकारहरुले पनि निर्वाचन आयोगले आफ्नो गरिमा र इतिहास नै धूलोपिठो पार्ने संकेत देखाएको भन्दै चिन्ता र चासो प्रकट गरिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर