newskoseli.Com

प्रचण्डको सुरक्षामा खटिए जनमुक्ति सेनाका पूर्वकमान्डर र सदस्य

खड्ग ओली नेतृत्वको कामचलाउ सरकारले प्रतिशोध साँध्ने तरिकाबाट पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा जनमुक्ति सेनाका पूर्वकमान्डर र पूर्वसदस्य खटिन थालेका छन् ।

प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा जनमुक्ति सेनाका पूर्वयोद्धाहरूको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका जनमुक्ति सेनाका पूर्वकमान्डर हुन् । उनी जनयुद्धकालमा बटालिन कमान्डरसम्म भएका थिए । यसरी खटिएका जनमुक्ति सेनाका पूर्वसदस्यको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ ।

यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्सपेक्टरको कमान्डमा ४७ गरी ७३ सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिएका थिए । हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगै प्रचण्डका अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका छन् ।

सुरक्षाकर्मी कटौती भएसँगै आवश्यक मात्रामा जनुमुक्ति सेनाका पूर्वकमान्डर र पूर्वसदस्यको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको जनमुक्ति सेनाका पूर्वकमान्डर समेत रहेका नेकपाका नेता एवं निवर्तमान प्रदेशमन्त्री युवराज दुलालले बताएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर