newskoseli.Com

वैशाख १७ मा ‘चुनाव’, आयोगलाई नै छैन विश्वास : न सल्टियो नेकपा विवाद, न थालियाे चुनावको तयारी

नेकपाको विवाद किनारा लगाउन नसकेको निर्वाचन आयोगले चुनावी तयारीलाई पनि गति दिन सकेको छैन । सरकारले घोषणा गरेको मतदानको मिति वैशाख १७ आउन करिव ७० दिन मात्र बाँकी छ जबकि निर्वाचन आयोगको तयारीका लागि १२० दिनको समय कानुनले नै तोकेको छ ।

निर्वाचनको मिति पुस ५ मै घोषणा गरिए पनि आयोगले यसबीचको समयलाई उपायेग गर्न नसकेको हो । प्रारम्भमै टुंगिनुपर्ने मतदान केन्द्र र मतदाता नामावली समेत तयार भइसकेको छैन । आयोगले भने चुनाव घोषणा भएलगत्तै त्यस विषयमा काम थालिसकेको जनाएको थियो । आगामी वैशाख १७ मा निर्वाचन हुन्छ भन्ने विश्वास आयोगमा नदेखिएकाले कुनै हतारो महसुस नभएको आयोगका एक उपसचिवले बताए ।

निर्वाच्न हुने–नहुने विषय सर्वोच्च अदालतको आदेशमा निर्भर भएपछि आयोगले तयारीलाई गति नदिएको उनको भनाइ छ । ‘तयारी गरौं, सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थपानाका निर्णय गरिदियो भने सम्पूर्ण तयारी खेर जान्छ’– उनले भने । नेकपाको विवाद र निर्वाचनको तयारी दुवै विषयमा आयोगको नजर अदालततिरै रहेको स्रोतले जनाएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर