प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ– प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यसै सताभित्र लाग्छ । सो विवादको फैसला फागुन ११ पछि जुनसुकै दिन हुन सक्ने उनको भनाइबाट देखिन्छ ।
प्रतिनिधिसभा ‘विघटन’ विरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्ष र एमिकस क्युरीको शुक्रबार बहस सकिएपछि फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा निर्णय आउने प्रधानन्यायाधीश राणाले उल्लेख गरेका छन् । सबै पक्षको बहस सकिएपछि अब सबैको ध्यान सर्वोच्चमा गएको छ ।
सरकार पक्षले प्रतिनिधिसभा ‘विघटन’ गरिएको कार्य संविधानसम्मत छ भन्ने जिकिर गरिरहेको भने अन्य पक्षले सरकारको कार्य गैरसंवैधानिक भएकाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने दाबी गरिरहेका छन् । माघ ४ देखि सुरू भएको बहसमा रिट निवेदकका तर्फबाट ७२ जना कानुन व्यवसायीले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने गरी आफ्नो भनाइ राखेका थिए ।
त्यसैगरी, महान्यायाधिवक्ता, सरकारी वकिल तथा प्रधानमन्त्रीका कानुन व्यवसायीहरु गरी ४९ जनाले भने सरकारी कार्यको प्रतिरक्षा गरेको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।