newskoseli.Com

‘तपाईंले प्रतिवाद गर्नै खोजेको हो ?’ : उपराष्ट्रपतिसँग प्रधानमन्त्रीको ‘गलफत्ती’ !

उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री खड्ग ओलीले ‘प्रजातन्त्र दिवस’ का दिन अपमानजनक व्यवहार गरेका छन् । ‘प्रजातन्त्र दिवस’ मनाउने क्रममा सहिदमञ्च, टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै मञ्चमा थिए । तर, प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनप्रति सामान्य शिष्टाचार पनि पूरा नगरी अपमानजनक व्यवहार गरेका हुन् ।

फागुन ७ मा टुँडिखेलमा कार्यक्रम सकिएर राष्ट्रपति विद्यादेवी भण्डारी फर्केपछि प्रधानमन्त्री ओली र उपराष्ट्रपति पुनबीच केही कुराकानी भएको थियो । कुराकानीका क्रममा ओलीले पुनलाई अपमानजनक व्यवहार गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुन बसेको आसननजिकै गएर ‘सार्वजनिकरूपमै राजनीतिक भाषण किन गरेको’ भन्दै असन्तुष्टि पोखेका थिए ।

उपराष्ट्रपति पुनले आफूले कुनै पनि प्रकारको राजनीतिक भाषण नगरेको र आवश्यक परे भाषणको विषयवस्तु नै पठाउन सक्ने बताए पनि ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । ओलीले पुनसँग ‘प्रतिवाद गर्न खोजेको हो त ?’ भनेर प्रश्न गरेका थिए ।

त्यसपछि उपराष्ट्रपति पुनले ‘तपाईंचाहिँ संविधानविपरीत काम गर्दै हिँड्ने’ भनेपछि ओली आफ्नो आसनतिर फर्किएका थिए । उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीबीचको संवाद सुनिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले भने असजिलो महसुस गरेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर