newskoseli.Com

जेलभित्रै हत्या गर्ने एमाले कार्यकर्तालाई ‘असल चरित्रको’ भन्दै राष्ट्रपतिबाट ‘आममाफी’ !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको फाइल तस्बिर ।

‘मेरो श्रीमानको हत्यारालाई केको आधारमा जेलबाट छाडियो ?’ २०६८ मा जेलभित्रै हत्या गरिएका चितवनका शिवप्रसाद पौडेलका हत्यारालाई ‘प्रजातन्त्र दिवस’ का दिन राष्ट्रपतिबाट ‘आममाफी’ दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यिनै प्रश्नको उत्तरको खोजीमा छन् ।

‘मान्छे मारेर जेल परेका र फेरि अर्को व्यक्तिलाई जेलभित्रै कुटीकुटी मार्ने हत्यारालाई ‘ज्ञानी’ र ‘असल चरित्र र चालचलनको’ भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपतिज्यू ?’ बिनुले प्रश्न गरिन् । राज्यको संरक्षणमा राखिएका पौडेलका हत्यारा सावित भई कारबाही भोगिरहेका फणीन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ मा ‘आममाफी’ दिइएपछि आफू न्यायका लागि फेरि लड्ने बिनुले बताएकी छन् ।

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन् । चितवनको केराबारीमा भएको एक व्यक्तिहत्याको केसमा उनका श्रीमान् २०६८ भदौमा जेल परेका थिए । थुनछेक बहसका लागि कारागार चलान गरिएका शिवलाई मंसिर २० गते राति २ बजे सुतिरहेका बेला चक्कु, खन्ती, चापाकलको झाप र रड प्रयोग गरी निर्मम तरिकाले कुटपिट गरियो । र, पौडेललाई पुस २ मा मृत घोषणा गरियो ।

२०६६ जेठमा भरतपुर– १० मा धारिलो हतियार प्रयोग गरी शिवका भाइ गोविन्द पौडेलको हत्या भएको थियो । सोही केसमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जेल परेका थिए । शिवको पनि उनीहरुले नै जेलभित्रै हत्या गरिदिए । पौडेल दाजुभाइको हत्यामा संलग्न श्रेष्ठ, केसी र मोक्तानलाई ‘प्रजातन्त्र दिवस’ का दिन राष्ट्रपतिबाट ‘आममाफी’ दिइयो ।

यी तीनैजना ओली समूहका समर्थक हुन् । स्रोतका अनुसार यी तीनजना तत्कालीन समयमा एमालेका नेताहरुको ठेक्कापट्टामा बिचौलियाको काम गर्ने सक्रिय युवा भएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर