newskoseli.Com

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्रीको चर्को भाषण !

फाइल तस्बिर

उपप्रधानमन्त्री एवं ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन् । ‘अदालतका न्यायधीशभन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको’ बताउँदै ‘सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको’ टिप्पणी उनले गरेका छन् ।

‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्,’ उनले भने– ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित गरेको छ ।’

ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री खड्ग ओलीले राजीनामा नदिने पनि उपप्रधानमन्त्री पोखरेलले बताए । ‘म चुनौती दिन चाहन्छु, सरकारविरुद्ध अविश्वास ल्याए हुन्छ, प्रधानमन्त्रीले डटेर सामना गर्नुहुनेछ’– पोखरेलले भने ।

अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणाम स्वीकार गर्ने पनि उनले बताए । ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन्, त्यहाँ सामना गर्छन्, तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याऊ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले लोकतान्त्रिक विधिबाट आउने ती सबै कुराहरूको सामना गर्छ’– नेकपाको दाहाल–नेपाल समूहलाई लक्षित गर्दै पोखरेलले भनेको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर