newskoseli.Com

‘विघटन’ को सिफारिस ‘सेकेण्डभरमै’ सदर, अधिवेशन बोलाउँनचाहिँ किन आलटाल ?

सरकारबाट प्रतिनिधिसभा ‘विघटन’ को सिफारिस आउनासाथ छिनभरमै सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन बोलाउने सिफारिसलाई भने प्राथमिकता दिएकी छैनन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ मा बस्ने गरी आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि शनिबार साँझसम्म उनी मौन छिन् ।

शनिबार भएर अधिवेशनको आह्वान नभएको हो कि भन्ने हो भने पनि राष्ट्रपतिले शनिबार नै नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गर्दै विज्ञप्ति भने निकालेकी छन् । ‘ढिलाइ गर्दा जनतालाई शंका हुने भएका कारण शुक्रबार नै नभए शनिबार भए पनि अधिवेशनको आह्वान गरिदिँदा उपयुक्त हुने थियो’ सर्वोच्च अदालत बार एसोसियसनका सचिव ऋषिराम घिमिरेको भनाइ छ ।

प्रधानमन्त्री खड्ग ओलीले पुस ५ मा प्रतिनिधिसभा ‘विघटन’ गर्नका लागि सिफारिस गर्दा राष्ट्रपति भण्डारीले ‘सकेण्डभरमै’ सिफारिसवमोजिमको कार्य गरिदिएकी थिइन् । सरकारले सर्वोच्च अदालतको आदेशवमोजिम दुवै सदनको नभई प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनु पर्नेछ ।

दुई सदनसहितको संघीय व्यवस्थापिका भए पनि सरकारले सर्वोच्चको आदेशबमोजिम प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउनुपर्ने देखिएको हो । आदेशमा दुवै सदन वा संघीय संसद् भनिएको छैन, केवल प्रतिनिधिसभाको मात्र अधिवेशन बोलाउन भनिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर