newskoseli.Com

प्रम ओलीलाई कांग्रेसको ‘अफर’ : ‘विधेयक ल्याए सहयोग गर्छौं’

नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसदलाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन नेपाली कांग्रेसले प्रधानमन्त्री खड्ग ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई आग्रह गरेको छ । वैधानिकरुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्तासमीकरणमा अन्योल बढ्दै गएको छ ।

प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रुपमा ल्याए सहयोग गर्ने संकेत पनि कांग्रेसले दिएको छ । ‘हामीले नेकपालाई विभाजन गर्नुहोस् भन्नु त भएन तर आन्तरिक झगडाका कारण लामो समय मुलुकलाई बन्धकमा राख्न मिल्दैन,’ कांग्रेस नेता मीनेन्द्र रिजालले भने– ‘कि त मिलेरै अंशबण्डा गर्नुपर्‍यो, एउटै दल हुन नसक्ने अवस्था हो भने पहिलेकै अध्यादेशलाई प्रधानमन्त्रीले विधेयकका रुपमा संसदमा ल्याउनुपर्छ, पारित गर्न हामी सहयोग गर्छौं ।’

प्रधानमन्त्री ओलीले भने दल विभाजनसम्बन्धी कानुन विधेयकका रुपमा नभएर अध्यादेशकै रुपमा ल्याउने बताइरहेका छन् । अधिवेशनलाई केही दिन चलाएर अन्त्य गरिदिने अनि त्यसपछि अध्यादेश ल्याउने संकेत ओलीले दिएका छन् । ओलीको यस्तो प्रयासलाई भने साथ दिन नसकिने कांग्रेस नेता रिजालले बताएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर