newskoseli.Com

सांसद् ‘तान्न’ नेकपाभित्र यस्तोसम्म…

दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै उनलाई फोन आयो र सोधियो– ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो– ‘दाङमा छु ।’

फोनकर्ताले भने– ‘तपाईं एयरपोर्टमै हुनुहुन्छ, हामी लिन आएका छौँ ।’ चिनजानकै ती फोनकर्तासँग केसी एयरपोर्ट आसपासकै एउटा होटलमा पुगे । त्यहाँ थिए ओली समूहका सांसद महेश बस्नेत । बस्नेतले ओली पक्षमा लाग्न केसीलाई आग्रह गरे । मन्त्री बन्नका लागि पहल गरिदिने आश्वासन पनि दिए । तर, केसीले स्वीकारेनन् ।

झन्डै साढे २ घन्टा छलफलपछि बस्नेत र केसी छुट्टिए । केसीले भनेअनुसार अहिले पनि फोनमार्फत् ‘ओली पक्षमा लाग्न’ उनलाई आग्रह आइरहन्छ ।

तनहुँका सांसद कृष्णकुमार श्रेष्ठलाई केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले फोन गरे । आफ्नो समूहमा लागे नयाँ सरकार बनेपछि मन्त्री बनाउने र उनलाई भेट्न घरसम्मै आउने दाहालको प्रस्ताव थियो । श्रेष्ठले स्वीकारेनन् ।

यी दुई घटना त उदाहरण मात्रै हुन् । नेकपामा अहिले सांसदहरुको हिसाबकिताब सबैभन्दा धेरै चलेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर