newskoseli.Com

प्रचण्ड–नेपाल, कांग्रेस र जसपाले संयुक्त अविश्वासको प्रस्तावबाट ओलीलाई हटाउने

नेकपाको आन्तरिक विवादलाई अड्काएर प्रधानमन्त्री खड्ग ओलीले आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि कांग्रेसले पूर्वनिर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा ‘विघटन’ को निर्णय बदर भएपछि गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो ।

कांग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन । ‘ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही कदम चाल्लान् भन्ने विश्वास थियो । तर, उनका पछिल्ला गतिविधिले प्रचण्ड–माधव पक्षलाई गलाएर, थकाएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन खोजेको देखियो,’ ती नेताले भने– ‘अब कांग्रेसले पनि रणनीति परिवर्तन गर्नुपर्छ ।’

कांग्रेसले अब लिने विकल्प भनेको प्रचण्ड–माधव पक्षसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने नै हो, जुन विषयमा अनौपचारिक संवाद भइरहेको दुवै पक्षका नेता बताउँछन् । अर्को विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रतिनिधिसभा ‘विघटन’ को विरोधमा सडकमा गएका दलहरुबीचकै गठबन्धन प्राकृतिक हुने बताउँदै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने संकेत दिएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर