newskoseli.Com

‘हो–हो’ भन्ने, ‘छुच्चो’ नबन्ने : ओलीका ‘सहयोगी’ नेताको पारा !

सत्ताधारी एमालेभित्र अन्तर्संघर्ष चुलिइरहँदा दुई समूहका नेताबीच रत्ति पनि संवाद भएन भन्ने आम बुझाइ गलत हो । तर, ‘मिलौं’ भन्नेहरु नै ‘हामी त सक्दैनौं’ भनेर टक्टकिने गरेका छन् ।

ओलीपक्षीय नेतामध्ये विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्बाङ, पृथ्वीसुब्बा गुरुङहरु माधवपक्षीय विभिन्न नेतासँग संवादमा छन् । माधव पक्षबाट खड्ग ओलीलाई ‘सच्याउन’ भन्दै विभिन्न प्रस्ताव राखिन्छ । ती कुराचाहिँ आफूबाट सम्भव नहुने भन्दै कुराकानी नै छाडेर उनीहरु पन्छिन्छन् ।

माथि नाम भएका सबै नेताको भनाइ एउटै हुन्छ– ‘हामी यी कुरा त ‘माथि’ पुर्‍याउनै पो सक्दैनौं ।’ माधव पक्षका नेताहरु ओलीबाट भएका कमजोरी र त्रुटिबारे चर्चा गर्छन्, ओलीपक्षीय ती नेताहरु समेत कुनै पनि कुरा अस्वीकार गर्दैनन्, बरु निरीह भएर जवाफ दिन्छन्– ‘अध्यक्षका व्यवहार र अभिव्यक्ति हामीलाई पनि चित्त बुझेकै छैनन् ।’

यी संवादले भन्छन्– प्रधानमन्त्री खड्ग ओली निश्चित घेराभित्र बसेर सबै कुरा गर्दैछन् । उनी सुझबुझका साथ होइन, हडबडे शैलीमा, अगाडि भएकाले जे–जे भन्छन्, त्यसै आधारमा चल्दैछन् । जस्तो कि, ७ चैतमा बोलाइएको केन्द्रीय कमिटीको बैठकलाई विधिपूर्वक आयोजना गरौं, त्यसो गर्दा माधवपक्षीय नेतालाई पनि ल्याउन सकिन्छ भन्ने सुझाव नेताहरुले दिन चाहेका छन् । तर, त्यो कुरा त प्रधानमन्त्री सुन्नै चाहँदैनन् ।

भुकृटीमण्डपमा भाषण गरेर अनि टेलिभिजन अन्तर्वार्ताबाट बैठक र चियापानको निम्तो गरिएको कुरा माधव पक्षले मानेको छैन । हरेक बैठकअघि सचिवालयले बैठकका कार्यसूची तय गर्ने एमालेको प्रचलन हो । त्यही सचिवालयले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीसम्मैका कार्यसूची बनाउँछ । सचिवालयले एजेन्डा बनाएपछि स्थायी कमिटीबाट पारित गर्ने र त्यसपछिका बैठकमा जाने प्रचलन अहिले ओलीपक्षबाट पालना गरिएको छैन ।

बरु, उल्टै पदाधिकारी अर्थात् सचिवालय नै खारेज गरिएको छ । सचिवालय महासचिव संयोजकत्वको हुन्छ, त्यसमा पाँचै सचिवसहित मोर्चा, संगठन प्रमुख र आर्थिक विभागका प्रमुख रहेन गरेका छन् । तर, पदाधिकारी नै खारेज गरेर सचिवालयविहीन बनाइएको स्थिति रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर