newskoseli.Com

‘एमाले विभाजनतर्फ अघि बढे ओली’ : माधव–झलनाथ पक्षको निष्कर्ष

साविक नेकपा हुँदा परस्पर विपरीत दुई खेमामा विभाजित हुन पुगेका एमालेका नेताहरू पुरानै पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन् । बरु बुधबारदेखि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको बेग्लै राष्ट्रिय भेला सुरु भएको छ ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष खड्ग ओलीलाई विभिन्न आरोप लगाउँदै ९ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रधानमन्त्री ओली नियोजितरुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउनुपर्ने र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितिमा भेला आयोजना गर्नुपरेको वरिष्ठ नेता नेपालले जनाएका छन् ।

पार्टीमा हुर्कंदै गरेको चरम महत्त्वाकांक्षी र व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेको चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिको वृद्धि, त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेका समस्याहरूले विभाजन तथा विघटनका आशंका बढ्दै गएको वरिष्ठ नेता नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

भारतीय नाकाबन्दीको समाना गरेका प्रधानमन्त्रीका रुपमा ओलीको लोकप्रियतापछि व्यक्तिवादी र स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गाएको आरोप समेत नेपालले लगाएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
एमाले (खनाल–नेपाल) को राष्ट्रिय भेलामा के–के छन् छलफलका एजेन्डा ? (पूर्णपाठ)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर