newskoseli.Com

फेरि ‘लकडाउन’ गर्ने सरकारको तयारी !

छिमेकी राष्ट्र भारतका सीमावर्ती भागहरुमा फेरि कोरोना संक्रमण तीव्र भएको छ । साताभित्रै यसको असर नेपालमा पनि देखिन सक्छ । केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमजनतालाई ‘सतर्क रहन’ बुधबार आग्रह गरेको छ । संक्रमणदर उच्च हुँदै गए फेरि पनि लकडाउनसम्म हुन सक्ने संकेत मन्त्रालयले गरेको छ । संक्रमणदर उच्च भएमा लकडाउन समेत हुन सक्ने भन्दै सतर्क रहन मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आमजनतालाई आग्रह गरेका छन् ।

‘संक्रमणदर उच्च भए त्यसको चेन ब्रेक गर्न लकडाउन पनि गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने– ‘अन्य अवस्थामा जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित काम जारी राख्नुपर्छ ।’ होली पर्व पनि सामाजिक दूरी कायम गरेरै मनाउन उनले आग्रह गरे ।

भारतमा संक्रमण बढेका कारण नेपालले सतर्कता अपनाएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए । भारतबाट आउनेमध्ये केहीमा कोरोना पोजेटिभ समेत देखिइसकेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर