newskoseli.Com

‘तपाईं अब प्रधानमन्त्री बन्नोस्’ : प्रचण्डले यसाे भन्दा के भने देउवाले ?

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार भेटवार्ता भएको छ । सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका प्रचण्डले नयाँ सत्ता समीकरणबारे छलफल गर्न देउवालाई भेटेका हुन् ।

देउवासँगको भेटमा प्रचण्डले पुरानै प्रस्ताव दोहोर्याए । ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव उनले राखेको देउवानिकट एक नेताले बताए । ती नेताका अनुसार प्रचण्डले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरे । ‘तपाईं प्रधानमन्त्री बन्नोस्, यसका लागि अब पहलकदमी लिनोस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै कांग्रेस नेताले भने– ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ त्यसैले अब कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’

कांग्रेसमा पनि देउवाले सरकारको नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ तर देउवा भने अझै तयार देखिँदैनन् । उनले प्रचण्डलाई परिस्थिति अझै परिपक्व बनिनसकेको जवाफ दिए । सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन देउवाले प्रचण्डलाई आग्रह गरे । बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ रहेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर