newskoseli.Com

‘राजा’ किन ओलीप्रति ‘विश्वस्त’ ? को–को भेट्न पुगे, के–के सुनाए ?

पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वी नेपाल र सिक्किममा एक महिनाभन्दा धेरै समय बिताए । संयोग कस्तो भने उनमा प्रधानमन्त्री खड्ग ओलीप्रतिको ‘विश्वास’ एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् ।

त्यसरी प्रधानमन्त्री ओलीप्रति ‘विश्वस्त’ हुनुपर्ने आधार र कारणबारे भने धेरैलाई पूर्वराजाले खुलस्त बताएका छैनन् । तर, हरेक भेटघाटमा भन्ने गरेका छन्– ‘ओलीले केही गर्छन् ।’ काठमाडौंदेखि पूर्वराजा भेट्न झापा पुगेका ​पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान तामाङदेखि पाँचथरका युवानेता सगुनसुन्दर लावती, दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई पनि उनले ओलीप्रति ‘विश्वस्त हुन सकिने’ मनशाय व्यक्त गरेका छन् । तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे खुल्न भने त्यति चाहेका छैनन् ।

झापा बस्दा उनले त्यतातिरका प्रायजसो राजावादी र हिन्दू अभियन्तासँग भेट गरिसकेका छन् । आफ्नो कुरा खासै भन्दैनन् तर भेट्न गएकाहरूले भन्ने कुरा ध्यानपूर्वक सुन्ने गर्छन् पूर्वराजा ज्ञानेन्द्र । देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आगन्तुकले राख्ने धारणा सुन्नमा खुब रुचि छ । र, कुराकानीका क्रममा ‘हिन्दू राष्ट्र र राजसंस्था फर्किने’ मा विश्वास व्यक्त गर्छन् ।

तर, कसरी, कुन माध्यमबाट र कुन प्रक्रियाबाट ती कुरा पूरा हुन्छन् ? न भेट्न जानेले सोध्न सक्छन्, न त उनले नै केही भन्छन् । तर, उनको भनाइबाट बुझिन्छ– आफ्नो बलले होइन, ‘अरु कारण’ ले हिन्दू राज्य फिर्ता हुन्छ भन्ने उनको आशय देखिने खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर