newskoseli.Com

सरकारलाई ‘अप्ठ्यारोमा पार्ने’ माओवादी केन्द्रको यस्तो तयारी !

एमाले अध्यक्ष खड्ग ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई ‘अप्ठ्यारोमा पार्ने’ तयारी भने गरेको छ । पार्टी छाडेर एमाले प्रवेश गरेका सांसदलाई कारबाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा दिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमाले प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको हो । एमाले प्रवेश गरेका आफ्ना चार सांसदलाई माओवादी केन्द्रले मंगलबार कारबाही गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका छन् । यी सबै प्रतिनिधिसभाका सदस्य हुन् ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले रामबहादुर थापालगायतका नेताहरूलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका थिए । ओली नेतृत्वको सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने पनि उनले बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर