newskoseli.Com

‘शक्ति सञ्चय’ गर्दै खनाल–नेपाल पक्ष : ‘प्रतिरोध’ गर्ने यस्तो तयारी !

एमाले अध्यक्ष खड्ग ओलीले पार्टीभित्र निषेध गरेपछि खनाल–नेपाल पक्ष देशभर ‘शक्ति सञ्चय’ गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पार्टीभित्र ‘संघर्ष’ जारी राख्ने गरी देशभर ‘शक्ति सञ्चय’ मा लागेको हो ।

खनाल–नेपाल पक्षले देशभर वडा तहसम्मै समानान्तर कमिटी गठन गर्दैछ । सो पक्षले समानान्तर कमिटी गठन गर्दा नै सबै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेको छ । ओली समूह नवौं महाधिवेशनको स्पिरिटअनुसार अघि नबढेको आरोप यो पक्षले लगाएको छ ।

‘लोकतान्त्रिक अभ्यासका क्रममा नवौं महाधिवेशनमा पुग्दा हामी अलग–अलग प्यानल बनाएर केन्द्रीय कमिटीको निर्वाचन गयौं । महाधिवेशनले पारित गरेका कार्यदिशा र सिद्धान्तको पक्षमा रहेका प्रतिनिधिहरुको नेतृत्व नेपालले गरेको र अर्को पक्षबाट नेतृत्व गरेका ओलीले अध्यक्षमा जिते पनि सैद्धान्तिक नेता नेपाल भएकाले अब देशभर शक्ति सञ्चयमा लागिएको हो’– नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने ।

उनका अनुसार देशभर नै वडा तहसम्म संगठन निर्माण कार्य भइरहेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर