newskoseli.Com

‘विश्वासको मत’ लिने नाममा प्रधानमन्त्री ओलीका दुई दाउ

प्रधानमन्त्री खड्ग ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद् बैठक आह्वानको सिफारिस गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन् ।

प्रधानमन्त्री ओली अल्पमतमा परेको दाबीसहित उनले विश्वासको मत लिनुपर्ने माओवादी केन्द्रले बताउँदै आएको छ । प्रधानमन्त्रीले चाहेका बखत सदनबाट विश्वासको मत लिने संवैधानिक प्रावधानमा टेकेर ओली अघि बढेका हुन् । यतिबेला ओलीका दुईवटा दाउ छन्– विश्वासको मत पाए दुई वर्ष सरकार सञ्चालन गर्ने, नपाए मंसिरमा मध्यावधि निर्वाचन गर्ने गरी ओलीले विश्वासको मत लिन लागेका हुन् ।

‘प्रधानमन्त्रीले यस्तो अवस्थामा काम गर्न अप्ठ्यारो भयो, विश्वासको मत लिएर कि ढुक्कले काम गरौं कि निर्वाचनमा जाऔं, जसले बहुमत ल्याउँछ उसैले सरकार चलाउँछ भनेर विश्वासको मत लिन लाग्नुभएको हो’– उनी निकट स्रोतले भनेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर