newskoseli.Com

‘आफ्नै’ बाट ओली–नेपाल दुवैमाथि कस्ता–कस्ता दबाव ?

एमालेभित्रको आन्तरिक विवादका कारण अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नैबाट अप्ठ्यारोमा परेका छन् । जेठ २ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशायी हुने चिन्ता ओली निकटका नेताहरूमा पलाएको छ ।

यसैकारण ‘विवाद मिलाउन’ उनीहरूले दबाब दिँदा ओली अप्ठ्यारोमा परेका हुन् । नेपाल पक्षभित्र पनि सामूहिक राजीनामाभन्दा ओलीलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएर एक पटक हेर्ने, त्यति गर्दा पनि पार्टीभित्र बस्ने अवस्था बनेन भने मात्र राजीनामा दिने धारणा आएपछि नेपाल पनि अप्ठ्यारोमा परेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नेपाल पक्ष र जनता समाजवादी पार्टी (बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष)ले बुधबार राष्ट्रियसभा सदस्यका लागि साझा उम्मेदवारका रुपमा वाग्मती प्रदेशबाट डा. खिमलाल देवकोटालाई अघि सारेका छन् । यो गठबन्धन आगामी निर्वाचनमा पनि कायमै राख्ने संकेत उनीहरूले गरेपछि ओली दबाबमा परेका छन् ।

देशभरका नेता–कार्यकर्ताले ‘पार्टी मिलाउन’ ओलीलाई दबाब दिइरहेका छन् । एमालेकै एउटा पंक्तिलाई बाहिर राखेर अन्त मत माग्न जानु शोभनीय नहुने सन्देश उनीहरूले ओलीलाई दिइरहेका छन् ।

‘अहिले एमालेको एउटा पंक्ति बाहिर छ, यो पंक्ति बाहिर रहँदा प्रतिपक्षीले खेल्ने मौका पाएको हामीले बुझेका छौं । साथै कांग्रेस, एमालेको नेपाल पक्ष, माओवादी केन्द्र र जसपाको संयुक्त गठबन्धन आगामी निर्वाचनसम्म कायम रहे त्यसले राष्ट्रिय राजनीतिमा ओली पक्षको उपस्थिति न्यून बनाउने भएकाले पनि पार्टीलाई एकढिक्का बनाउनुको विकल्प छैन भनेर हामीले भनेका छौं’– ओली निकटका एक नेताले भने ।

ओलीलाई उनीनिकट नेता प्रदीप ज्ञवाली र विशाल भट्टराईलगायतले समेत पार्टीलाई मिलाएर लैजान आग्रह गरेको स्रोतको भनाइ रहेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर