newskoseli.Com

ओली–नेपाल समूह ‘सहमतिनजिक’

ओली–नेपाल समूहका रुपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । विवाद समाधानको सूत्र पहिल्याउन गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा बुधबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता र लामो संवाद भएको छ ।

होटल मेरियटमा भएको छलफलमा दुई नेताबीच मन माझामाझ भएपछि एमाले अब एकजुट हुने संकेत देखिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विचार र सिद्धान्तमा मतभेद नभए पनि उनीहरू दुईमा देखिएको व्यक्तिगत टकरावका कारण पार्टी फुटको संघारमा पुगेको थियो । तर, दुवै पक्षको सहमतिमा बनाइएको युवानेताहरू सम्मिलित कार्यदलले ओली र नेपाललाई विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन उच्च दबाब दिएपछि ओली र नेपाल पार्टीको विवाद समाधान गर्न तत्पर देखिएका हुन् ।

कार्यदलका सदस्यसँग दुवैको सामूहिक भेटघाट र छलफल भएपछि ओली–नेपाल ‘वान टु वान’ वार्तामा बसे । वार्ताबाट सहमति गरी पार्टी एकजुट भएको सन्देश दिनेगरी बुधबारै वक्तव्य निकाल्ने प्रयास भए पनि त्यसलाई बिहीबार मात्र अन्तिम रूप दिने सहमति भएको जनाइएको छ ।

ओली र नेपालबीच विभिन्न विषयमा छलफल भए पनि बुधबार नै भने कुनै सहमति भने जुट्न सकेन । यद्यपि, विवाद समाधान गरी पार्टीलाई एकजुट बनाउन दुवै नेताहरू लचक देखिएको एमालेका दोस्रो तहका नेताहरूको भनाइ रहेको खबर बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर